अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०९ | Colorodo: 14:24

युरोकप छनोटमा इटाली पराजित

बिआरटीनेपाल २०७९ चैत १० गते ७:२२ मा प्रकाशित

आगामी वर्ष हुने युरोकप फुटबलको छनोट खेलमा इंग्ल्यान्डले इटालीलाई पराजित गरेको छ ।बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले इटालीलाई २–१ ले पराजित गरेको हो ।इटालीका नेपल्समा खेलमा इंग्ल्याण्डलाई विजयी गराउन डेक्लन राइस र ह्यारी केनले एक एक गोल गरे । पराजित टोली इटालीका माटियो रेटेग्वीले एक गोल फर्काए ।खेलको १३ औं मिनेटमा डिक्लेन राइसले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । ४४ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई दोब्ब्र अग्रता दिलाए ।

यो खेलमा गोल गरेका केनले इंग्ल्याण्डका लागि सर्वाधिक ५४ गोल गर्ने कीर्तिमान बनाएका छन् । सअघि यो कीर्तिमान वायन रुनीको नाममा थियो ।त्यसपछि ५६ औं मिनेटमा इटालीका माटियो रेटेग्वीले २–१ को ििस्थ्तमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि इंग्ल्यान्ड २–१ ले विजयी भयो ।

युरोकप छनौटकै अर्को खेलमा पोर्चुगलले लिचेस्टाइनलाई ४–० ले हराउँदा डेनमार्कले फिनल्याण्डलाई ३–१ ले पराजित गरे । यस्तै, नर्दन आयरल्याण्डले सान मारिनोलाई २–० ले, स्लोभेनियाले काजखस्तानलाई २–१ ले तथा बोस्नीया हर्जगोभिनाले आइसल्याण्डलाई ३–० ले पराजित गरे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू