अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२७ | Colorodo: 13:42

बाग्मतीका मुख्यमन्त्री जम्मरकट्टेललाई दोस्रो पटक विश्वासको मत प्राप्त

बिआरटीनेपाल २०७९ चैत १० गते ७:१२ मा प्रकाशित

बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले प्रदेश सभाबाट विश्वासको मत पाउनुभएको छ ।प्रदेश सभा भवन हेटौँडामा आज शुक्रवार भएको मत विभाजनमा जम्कट्टेलले एक सय १० जना सांसदमध्ये ६७ जनाको मत पाउनुभएको हो । विश्वासको मत प्राप्त गर्न जम्मा ५६ मत भए पर्याप्त हुन्थ्यो ।

जम्मरकट्टेल लाई नेपाली कांग्रेसका ३७, नेकपा माओवादी केन्द्रका २१, नेकपा एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका दुई जना सांसदले मत दिएका छन् । एमाले, राप्रपा र मजदुर किसान पार्टीले भने मत दिएनन् । जम्कट्टेलले गएको पुस २५ गते मुख्यमन्त्री नियुक्त भएर माघ ३ गते विश्वासको मत लिनुभएको थियो । राप्रपाले समर्थन फिर्ता लिएपछि उहाँले आज दोस्रो पटक विश्वासको मत लिनुभएको हो ।

आजै बाग्मती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । आजको प्रदेश सभा बैठकमै एमाले संसदीय दलका नेता तथा आर्थिक योजना मन्त्री जगन्नाथ थपलियाले राजीनामा बुझाउँदै मन्त्रीहरू बाहिरिएको जानकारी गराउनुभएको हो । सरकारमा एमालेका चार जना मन्त्री थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू