अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४८ | Colorodo: 01:03

शेयर बजारमा भित्री कारोबार गरेको आरोपमा गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर

बिआरटीनेपाल २०७९ चैत ९ गते ६:४१ मा प्रकाशित

शेयर बजारमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको आरोपमा रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

भित्री कारोबार गरेको आरोपमा नेपाल धितोपत्र बोर्डले न्यौपानेविरुद्ध जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दायर गरेको हो । न्यौपानेले पदमा बहाल रहेको अवस्थामा शेयर खरिद/बिक्री गरेको विषयमा अनुसन्धान गर्दा भित्री कारोबार भएको पुष्टि भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

बोर्डले न्यौपानेविरुद्ध तीन करोड २३ लाख रुपैयाँ बिगो र एक वर्षसम्म कैद सजायको माग दाबी गरेको छ । बोर्डले उनलाई यसअघि नै कारबाही गरिसकेको छ ।

प्रतिक्रिया