अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१४ | Colorodo: 06:29

पेन्सन सुधार कानुन यसै वर्षको अन्त्यसम्ममा लागू हुन्छ : फ्रान्सका राष्ट्रपति म्याक्रो

बिआरटीनेपाल २०७९ चैत ९ गते ६:३३ मा प्रकाशित

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले सरकारको विवादास्पद पेन्सन सुधार कानुन यस वर्षको अन्त्यसम्ममा लागू गर्ने बताउनुभएको छ ।सरकारको निर्णयमा देशव्यापी विरोध भइरहेको छ । साथै फ्रान्सको संवैधानिक अदालतले पनि आफ्नो अन्तिम निर्णय दिन बाँकी नै छ । तर राष्ट्रपति म्याक्रोले पेन्सन सुधार कार्यक्रम यसै वर्षको अन्त्यसम्ममा लागू गर्न आवश्यक रहेको बताउनुभएको छ ।

फ्रान्समा विपक्षी दलले पनि पेन्सनको उमेरलाई ६२ वर्षबाट बढाएर ६४ वर्ष बनाउने सरकारको निर्णयको विरोध गर्दै आएकाे छ। ‘आजका दिनमा हुने अलोकप्रियता स्वीकार्नु आवश्यक छ र म यसलाई स्वीकार गर्नेछु’, राष्ट्रपति म्याक्रोले भन्नुभएको छ । उहाँले सुधारको कार्यक्रमबारे सबैलाई आश्वस्त पार्न आफूले कोसिस गरिरहेको तर अझै सफल हुन नसकेको समेत बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू