अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०१ | Colorodo: 22:16

एमबाप्पे बने फ्रान्सको नयाँ कप्तान

बिआरटीनेपाल २०७९ चैत ९ गते ६:२९ मा प्रकाशित

केलियन एमबाप्पे फ्रान्स फुटबल टिमको नयाँ कप्तान बनेका छन् ।नियमित कप्तान तथा गोलकिपर हुगो लोरिसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएपछि फ्रान्सले एमबाप्पेलाई कप्तान नियुक्त गरेको फ्रान्स फुटबल संघले जनाएको छ ।

लोरिसले गत जनवरीमा सन्यास घोषणा गरेका थिए ।२४ वर्षीय एमबाप्पेले २०१७ मा फ्रान्सका लागि डेब्यु गरेका थिए ।यस्तै फ्रान्सले एन्टोनी ग्रीजम्यानलाई उपकप्तान चयन गरेको छ । एमबाप्पेको कप्तानीमा फ्रान्सको पहिलो खेल शुक्रबार युरो छनोट अन्तर्गत नेदरल्याण्ड्स विरुद्ध हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू