अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२२ | Colorodo: 09:37

स्थगित भएका क्याम्पसमा चैत १२ भित्र स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन

बिआरटीनेपाल २०७९ चैत ९ गते ६:२० मा प्रकाशित

त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनाव स्थगगित भएका क्याम्पसहरुमा पनि यही चैत १२ गते अघि नै निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको छ ।त्रिविका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले विज्ञप्ति जारी गर्दै चुनाव रोकिएका क्याम्पसमा पनि तत्काल निर्वाचन प्रक्रिया अघि बढाउन र १२ गतेभित्र सम्पन्न गर्न भन्नुभएको हो ।चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुने भएकाले त्यस अघि नै निर्वाचन सम्पन्न गर्न सरोकारवालाहरुलाई निर्देशन दिइएको छ । १५ वर्षपछि आइतबार त्रिवि अन्तर्गतका क्याम्पसहरुमा स्ववियु निर्वाचन गर्ने तय भएकोमा केही क्याम्पसहरुमा विवादका कारण निर्वाचन स्थगित भएको छ ।

उपत्यकामा त्रिचन्द्र, आरआर क्याम्पस, अमृत साइन्स, पाटन संयुक्त, नेपाल कर्मश र विश्वभाषा क्याम्पसमा निर्वाचन अवरुद्ध छ भने पोखराको पृथ्वीनारायण, पश्चिमाञ्चल इन्जिनियरिङ, पोखरा वन विज्ञान र पोखरा नर्सिङ क्याम्पसमा पनि निर्वाचन हुन सकेको छैन । यस्तै, वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धौलागिरि बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पसमा पनि निर्वाचन रोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू