अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५३ | Colorodo: 10:08

क्रिकेट वरीयतामा नेपालको सुधार

बिआरटीनेपाल २०७९ चैत ८ गते ७:३० मा प्रकाशित

आईसीसी विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको वरीयताको १५औँ स्थानमा उक्लिएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले निकालेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो ।आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १५ औं स्थानमा उक्लिएको हो । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू मा आफूभन्दा एकस्थान माथि रहेको ओमानलाई पछि पारेको छ ।

लिग टूका पछिल्ला १२ मध्ये ११ खेल जितेको नेपाल यी खेल जित्नुअघि १९ औं स्थानमा थियो । नेपाल १७ औं, १६ औं हुँदै १५ औं स्थानमा उक्लिएको छ । लिग टू खेलको अन्य देशहरुमा ओमान १६ औं स्थानमा,नामिबिया १७ औं, अमेरिका १८ औं, युएई १९ औं र पपुवा न्युगिनी २० औं स्थानमा छन् । नेपाल भन्दा अघि नेदरल्यान्ड्स १४ औं, जिम्बावे १३ औं र स्कटल्यान्ड १२ औं स्थानमा छन् । भारत वरीयताको पहिलो स्थानमा छ भने अष्ट्रेलिया दोश्रो तथा न्युजिल्याण्ड तेश्रो स्थानमा छन् ।

प्रतिक्रिया