अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३२ | Colorodo: 01:47

एम्बाप्पे फ्रान्सका नयाँ कप्तान नियुुक्त

बिआरटीनेपाल २०७९ चैत ७ गते ७:४५ मा प्रकाशित

फ्रान्सको राष्ट्रिय फुटबल टोलीको कप्तानमा स्टार खेलाडी किलियन एम्बाप्पे नियुक्त भएका छन् । पूर्वकप्तान ह्युगो लोरिसले सन्न्यास लिएपछि एम्बाप्पेले टोलीको नयाँ कप्तान नियुक्त भएका हुन् । ३६ वर्षीय ह्युगोले गएको वर्षको फिफा विश्व कप फाइनलमा टोलीको हारपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए ।

एम्बाप्पेले २४ वर्षको उमेरमा टोलीको कप्तानी सम्हाल्ने भएका हुन् । उनको ध्यान अब आउँदो वर्ष हुने युरो कपमा हुनेछ । पेरिस सेन्ट जर्मेइन (पीएसजी) बाट व्यावसायिक फुटबल खेल्ने एम्बाप्पेले सन् २०१८ मा फ्रान्सलाई विश्व कपको उपाधि जिताउन महत्त्वपूर्ण योगदान पुुर्याएका थिए । यस्तै गएको वर्षको विश्व कपमा उनकै उत्कृष्ट प्रदर्शनका कारण फ्रान्स फाइनलमा पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू