अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३४ | Colorodo: 21:49

प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल भोलिबाट काठमाडौं सुरु हुँदै

बिआरटीनेपाल २०७९ चैत ७ गते ७:३८ मा प्रकाशित

प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिता भोलि बुधबारबाट काठमाडौं सुरु हुँदैछ ।नेपाल, भुटान र लाओस सहभागि प्रतियोगिताको उद्घाटन खेलमा बुधबार नेपालले लाओससँग खेल्नेछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता चैत १७ गतेसम्म चल्नेछ ।

प्रतियोगिताका लागि भुटान र लाओसको टोली सोमबार नै काठमाडौं आइसकेका छन् ।राउण्ड रोबिनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल बाहेक समुह चरणका खेललाई फिफाले अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलको मान्यता दिएको छ ।

नेपालका नवनियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको लागि यो प्रतियोगिता पहिलो परीक्षण हुनेछ । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् ।

प्रतिक्रिया