अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५८ | Colorodo: 11:13

रुसी मिसाइल नष्ट भएको युक्रेनको दाबी, जापानी प्रधानमन्त्री किशिदा युक्रेन भ्रमणमा जाँदै

बिआरटीनेपाल २०७९ चैत ७ गते ७:३४ मा प्रकाशित

युक्रेनको रक्षा मन्त्रालयले रुसी मिसाइल नष्ट भएको दाबी गरेको छ । रुसको नियन्त्रणमा रहेको क्राइमियाको उत्तरी क्षेत्रमा रहेको मिसाइल नष्ट भएको दाबी गरिएको छ । तर, युक्रेनले मिसाइल नष्ट कसरी भयो भन्नेबारे स्पष्ट जानकारी दिएको छैन ।सन् २०१४ मा क्राइमियालाई रुसले आफ्नो नियन्त्रणमा लिएको थियो । यसैबीच, भारत भ्रमणमा रहेका जापानका प्रधानमन्त्री फुमियो किशिदाले अचानक युक्रेन भ्रमण गर्ने हुनु भएको छ । उहाँले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गर्ने तयारी छ ।

समाचार एजेन्सी एएफपीका अनुसार जापानले यस वर्ष विश्वका सात सबैभन्दा उन्नत र विकसित अर्थतन्त्र भएका देशहरूको समूह जी–सेभेनको अध्यक्षता गरिरहेको छ । यी देशहरूमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान र अमेरिका पर्छन् । यी देशको बढ्दो दबाबका कारण किशिदाले अचानक युक्रेन जाने निर्णय गरेको खबरमा उल्लेख छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमणमा रहेका बेला जापानी प्रधानमन्त्री किशिदा युक्रेन जान लाग्नु भएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू