अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०६
| Colorodo: 11:21
नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुन पार्टीले अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष प्रमेस हमाल र पार्टी महासचिव घनश्याम भुसालसहितको तीन सदस्य कार्यदल गठन गरेको छ । मंगलवार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले पार्टी सत्तापक्षमा बसिसकेको र सरकारमा जाने बारेमा छलफल भएको बताउनुुभयो ।
उहाँले बैठकमा सरकारमा जाँदा कस्ता नीति कार्यक्रम लिएर जाने भन्ने बारेमा पनि छलफल भएको जानकारी दिनुुभयो । उपमहासचिव खतिवडाले कार्यदलले सरकारी कुन ढङ्गले जाने भन्ने बारेमा सचिवालयलाई प्रस्ताव दिने बताउनुुभयो ।