अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२८ | Colorodo: 02:43

तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश

बिआरटीनेपाल २०७९ चैत ६ गते ७:३२ मा प्रकाशित

अफगानिस्तानको तालिवान सरकारले सरकारी पदमा रहेका उच्च पदस्थ व्यक्तिहरुका आफन्त र नातागोतालाई तत्काल हट्न आदेश दिएको छ । सरकारमा रहेका व्यक्तिहरुका आफन्तहरु नै सरकारी पदमा हावी भएको थाहा पाइएपछि तालिवानका नेता हिबतुल्लाह अखुन्दजादाले तत्काल उनीहरुलाई हट्न आदेश दिएका हुन् । पाकिस्तानको पेशावरस्थित अफगान इस्लामिक प्रेसले अपगानिस्तानका सरकारी पदहरुमा सरकारमा नै रहेका मानिसका नातेदार हावी भएको खुलासा गरेपछि तालिवान सरकारले यस्तो कदम चालेको हो ।

पहुँचका आधारमा सरकारी पदहरुमा अनुभवहीन व्यक्तिहरुको प्रवेश भएकाले तत्काल हट्न आदेश दिइएको जनाइएको छ । डेढ वर्षदेखि तालिवानको शासनमा रहेको अफगानिस्तानमा आर्थिक संकटका कारण मानवीय संकट पनि उत्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू