अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०२ | Colorodo: 16:17

१७ वर्षमुनिको महिला साफ च्याम्पियनशिपमा नेपाल भारतसँग पराजित

बिआरटीनेपाल २०७९ चैत ६ गते ७:२८ मा प्रकाशित

१७ वर्षमुनिको महिला साफ च्याम्पियनशिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ । बङ्गलादेशको ढाकामा आज सोमवार भएको खेलमा नेपाल भारतसँग ४–१ गोलले पराजित भएको हो । नेपाल पहिलो हाफमै ३ गोलले पछि परेको थियो । ५४ औँ मिनेटमा नेपालकी वर्षा ओलीले गोल गरेर पुनरागमनको सङ्केत गरे पनि थप एक गोल खाँदै पराजित भयो । भारतका लागि शिल्जी शाजीले ह्याट्रिक र पूजाले १ गोल गरिन् ।

नेपालले दोस्रो खेलमा पर्सि बुधवार भुटानसँग, आउँदो आइतवार रुससँग र मङ्गलवार आयोजक बङ्गलादेशसँग खेल्नेछ । प्रतियोगितामा आयोजक बङ्गलादेश, नेपाल, भारत, भुटान रुसको सहभागिता छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

 

प्रतिक्रिया