अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५५
| Colorodo: 14:10
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताउनुुभएको छ । सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीमाझ २÷४ दिन भित्रै सरकारलाई पूर्णता दिने बताउनुुभयो । प्रधानमन्त्री प्रचण्डले सरकारलाईं पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरुसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने पनि स्पष्ट पार्नुुभयो ।
आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आरामले सरकारले काम गर्ने दाबी प्रधानमन्त्रीको दावी थियो । प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण चैतको अन्तिम हप्ता वा वैशाख पहिलो हप्ताभित्र हुन सक्ने बताउनुुभयो ।