अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५९ | Colorodo: 00:14

शेयर बजार झन्डै ७ अङ्कले घट्यो, १ अर्ब ६ करोड रुपैयाँको कारोबार

बिआरटीनेपाल २०७९ चैत ५ गते ७:५४ मा प्रकाशित

हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ९० विन्दुले घटेर १ हजार ९ सय २६ दशमलव ४० विन्दुमा झरेको छ ।जलविद्युत्, होटल र निर्जीवन बीमा समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ ।२ सय ५९ वटा कम्पनीका ३१ लाख ६३ हजार कित्ता शेयर १ अर्ब ६ करोड ९८ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ६ करोड रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै सृजनशील लघुवित्तको शेयर साढे ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज शुभम् पावर कम्पनी, मानुषी लघुवित्त र युनिक नेपाल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू