अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०३ | Colorodo: 06:18

सभामुखले पत्रकारप्रति गरेको टिप्पणीबारे आत्मालोचना गर्नुपर्छः विश्वप्रकाश शर्मा

बिआरटीनेपाल २०७९ चैत ५ गते ७:५२ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारहरुमाथि गरेको टिप्पणीप्रति आत्मआलोचना गर्नुपर्ने बताउनुुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले सभामुख घिमिरेले पत्रकारहरुको बारेमा गरेको टिप्पणीप्रति आफूहरुको विमति रहेको बताउनुुभयो ।

सभामुखले पत्रकारहरुका विषयमा गरेको टिप्पणी समाजसामु गम्भीर ‘नोटिस’मा रहेको उहाको भनाई थियो । शर्माले राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्र देशमा लोकतान्त्रिक रुपान्तरणका लागि आफै संलग्न भएको भन्दै त्यस क्षेत्रप्रतिको टिप्पणी आलोच्य भएको उल्लेख गर्नुुभयो ।

शुक्रबार सभामुख घिमिरेलाई भेट्न पुगेको नेपाल पत्रकार महासंघका प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै उनले पत्रकारहरु बिक्रीमा रहेका अभिव्यक्ति दिनुुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू