अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३१ | Colorodo: 00:46

प्रधानमन्त्री प्रचण्डलाई सबैले विश्वासको मत दिँदा राम्रो हुन्छः माधव नेपाल

बिआरटीनेपाल २०७९ चैत ५ गते ७:५१ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ को विषयमा पार्टीहरुका बिचमा सहमति भइसकेको बताउनुभएको छ ।आईतवार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सो विधेयकको सम्बन्धमा विभिन्न पार्टीहरुका बीचमा सहमति भइसकेको बताउनुभएको हो ।

उहाँले सत्तारुढ दलहरुका बीचमा यस विधेयकको सम्बन्धमा सहमती भइसकेको बताउनु भयो । उहाँले प्रतिपक्ष दलहरुको पनि विधेयकको सम्बन्धमा विमति नरहेको उहाँको भनाई छ । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्न पनि मिल्ने भन्दै सबैले विश्वासको मत दिँदा राम्रो हुने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू