अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६ | Colorodo: 23:11

प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिने

बिआरटीनेपाल २०७९ चैत ५ गते ७:४८ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार दिउँसो १ बजे विश्वासको मत लिनुुहुुने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आइतबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले सोमबार १ बजे विश्वासको मत लिने कार्यसूची रहेको जानकारी गराउनुुभयो ।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिन लाग्नुुभएको हो । पुस १० गते संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री बनेका दाहालले पुस २६ गते पहिलो पटक विश्वासको मत लिनुुभएको थियो ।

राष्ट्रपति निर्वाचनको विषयमा कांग्रेस र माओवादीबीच नयाँ सहमति बनेपछि राप्रपाले फागुन १४ र एमालेले फागुन १५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुरुप प्रधानमन्त्री दाहालले फेरि संसद्बाट विश्वासको मत लिनुपर्ने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू