अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०१ | Colorodo: 09:16

पोखरामा कलाकार ’वात्स्यायन’लाई नागरिक अभिनन्दन

बिआरटीनेपाल २०७९ चैत ४ गते ८:२१ मा प्रकाशित

कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा शनिबार रथारोहणसहित नागरिक अभिनन्दन गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा एक दर्जन भन्दा बढी संस्थाहरुले कलाकार वात्स्यायनको सम्मानमा रथारोहणसहित नागरिक अभिनन्दन गरेका हुन् । वात्स्यायन चर्चित कार्टुनिस्ट तथा चित्रकार हुनुहुन्छ ।

वात्स्यायन निवास नदीपुरदेखि सुरु भएको रथयात्रा कन्या क्याम्पस, बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, बागबजार हुँदै विन्ध्यवासिनी परिसरको सभाकक्षमा पुगेको थियो । ८० वर्ष पूरा गरी ८१ वर्ष प्रवेश गरेको दिन पारेर बरालको अभिनन्दन गरिएको हो ।

वि. स. १९९९ चैत ५ मा आर्बा (हाल पोखरा–१३) मा जन्मिनुभएका बराल ८० वर्ष पूरा हुनुभएको छ । नेपाली कला क्षेत्रमा लामो समय योगदान पुुर्याउनुुभएका उहाँले दर्जनौं पुरस्कार र सम्मान प्राप्त गरिसक्नुभएको छ । वात्स्यायनले चार पटक एकल चित्रकला प्रदर्शनी गरिसक्नुभएको छ । २० वर्षको उमेरमा नयाँ सन्देश साप्ताहिकमार्फत व्यङ्ग्य चित्रकारको रुपमा काम सुरु गर्नुभएका उहाँले नेपाली कला क्षेत्रमा ५ दशक बिताइसक्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू