अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५४ | Colorodo: 04:09

नेपालमा पर्यटन नीति नै छैन- पर्यटनमन्त्री किराती

बिआरटीनेपाल २०७९ चैत ४ गते ७:५८ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले नेपालमा पर्यटन नीति नै नभएको बताउनुुभएको छ । काठमाडौंमा शनिबार आयोजित नेपाल थामी समाजको छैटौं राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री किरातीले मुलुकमा संस्कृति र पर्यटनसम्बन्धी नीति नै नभएको बताउनुुभएको हो ।

किरातीले अबको नेपालको पर्यटन नेपालीपनको हुने घोषणा गर्दै रैथाने स्वाद र संस्कृतिसहितको पर्यटन हुनुपर्ने बताउनुुभयो । नेपालमा पर्यटनका लागि अथाह सम्भावना भए पनि त्यसको परिचालन गर्ने नीतिहरुकै अभाव देखिएको उहाको भनाई थियो । उहाँले मुलुकको पर्यटन व्यवसायलाई अघि बढाउन सोसम्बन्धी अध्ययन, अनुसन्धान हुनुपर्नेमा पनि जोड दिनुुभयो ।

मन्त्री किरातीले अन्य देशका कल्चर सेन्टरहरु नेपालमा भए पनि नेपालले भने सो काम नगरेकाले यहाँका संस्कृतिहरु लोप हुने अवस्थामा पुगेको बताउनुुभयो । उहाँले नेपालीपनको विकास गरेरमात्रै नेपालले पर्यटनको क्षेत्रमा उल्लेख्य प्रगति गर्न सक्ने ठहर गर्नुुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू