अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३२ | Colorodo: 19:47

प्रतितोला १ हजारले बढ्यो सुनको मूूल्य

बिआरटीनेपाल २०७९ चैत २ गते ७:११ मा प्रकाशित

बिहीबार सुनको मूल्य प्रतितोला १ हजारले बढेको छ । बुधबार प्रतितोला १ लाख ५ हजार ७ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार १ लाख ६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ५ रूपैयाँले बढेको छ।

बुधबार प्रतितोला १ हजार ३ सय रूपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय पाँच रूपैयाँमा कारोबार भएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय पन्ध्र अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू