अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०७ | Colorodo: 11:22

शेयर बजार १४ अङ्कले घट्यो

बिआरटीनेपाल २०७९ चैत १ गते ७:१० मा प्रकाशित

हिजो मङ्गलवार सामान्य बढेको शेयर बजार आज बुधवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४४ अङ्कले घटेर एक हजार ९ सय ३८ दशमलव ६३ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटेको दिन २ सय ५३ वटा कम्पनीको ३७ लाख १६ हजार कित्ता शेयर १ अर्ब २० करोड २१ लाख रुपैयाँमा कारोबार भएको छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको १० करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै किसान लघुवित्तको शेयर झन्डै ६ प्रतिशत र बाराही हाइड्रोको शेयर ५ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्त र शुभम् पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू