अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५७ | Colorodo: 07:12

नेपाली महिला यू–२० फुटबल टोली स्वदेश फर्कियो

बिआरटीनेपाल २०७९ फागुन ३० गते ७:०८ मा प्रकाशित

नेपाली महिला यू–२० फुटबल टोली स्वदेश फर्किएको छ ।प्यालेस्टाइनमा भएको एएफसी यू–२० महिला एसियन कप छनोट खेलेर नेपाली टोली मंगलबार बिहान स्वदेश फर्किएको हो ।नेपाली टोली प्यालेस्टाइनबाट जोर्डन हुँदै मंगलबार बिहान २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाह, महिला कमिटिका संयोजक तथा एन्फा सदस्य सरिला श्रेष्ठले स्वागत गरेका थिए ।

प्यालेस्टाइनमा भएको छनोटमा नेपाल दुई खेल जित्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ । नेपालले पहिलो खेलमा आयोजक प्यालेस्टाइनलाई ६–० ले तथा दोस्रो खेलमा नर्दन मारियाना आइल्याण्डलाई ६–० ले नै पराजित गरेको थियो । अब दोस्रो चरणको छनोट जुन ३ देखि ११ सम्म हुनेछ । पहिलो चरणबाट ८ समूहको विजेता टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणमा ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू