अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५४ | Colorodo: 19:09

गोपी मैनालीको समालोचना लोकार्पित

बिआरटीनेपाल २०७९ फागुन ८ गते १३:१२ मा प्रकाशित

प्रजातन्त्र दिवसको अवसर पारेर सुरभि साहित्य प्रतिष्ठानले बरिष्ठ निबन्धकार एवम् समालोचक गोपी मैनालीको ‘अभिव्यञ्जना यात्राप्रति’ समालोचना सङ्ग्रहको लोकार्पण गर्‍यो । विद्वान भाषाविद एवम् कुटनीतिज्ञ प्रा डा जयराज आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सभापतित्व बरिष्ठ साहित्यकार एवम् सुरभि साहित्य प्रटिष्ठानका सल्लाहकार विजय चालिसेले गर्नु भएको थियो ।

कार्यक्रममा कृति समालोचना गर्दै बरिष्ठ साहित्यकार ठाकुर शर्मा भण्डारीले समालोचनालाई शास्त्रीय रुपमा हेर्ने र प्राध्यापकीय कर्मका रुपमा लिने परम्पराबाट माथि उठेर पूर्वीय एवम् पश्चात्य कला मान्यता, दृष्टिकोण, सिद्धान्त, प्रभाव र प्रयोजनको व्यापक आयाममा मैनालीले समालचोना गरेको बताउनु भयो । नेपाली समालोचना विधामा विरलै लेखिएका यस्ता कृतिले समालोचनाको यातन र आयामलाई फराकिलो पारेको सन्दर्भमाथि प्रकाश पार्नु भयो । घाउ आफैलाई दुख्छ निबन्धको बेजोड प्रस्तुती पछि यस समालोचनाले पनि विशिष्ठ पहिचान छाड्न सकेको छ भन्नुभयो ।

कृतिमाथि रौचिरा विश्लेषण गर्दै बरिष्ठ समालोचक डा लेखप्रसाद निरौलाले यस समालोचनाले नयाँ सोच, शिल्प र दृष्टिकोणसाथ समालोचना कस्तो हुनुपर्छ भन्ने दृष्टान्त दिएको छ भन्दै मैनालीको लुकेको समालोचकीय उर्वरता कृतिमा देखिएको छ भन्नुभयो । उहाँका अनुसार ‘अभिव्यञ्जना यात्राप्रति’ ले समालोचनाका क्षेत्रमा नयाँ बहसको शुरुवात गरेको छ । पाठकलाई आफूूभन्दा माथिल्लो श्रेणीमा राखी छुट्टै बैशिष्ट्य देखाएको यस कृतिले सर्जक तथा पाठकहरुलाई बग्लै स्वाद दिएको बताउनु भयो । डा निरौलाका अनुसार मैनालीको समालोचनामा बिषयबस्तुु समालोचकीय, प्रस्तुती निबन्धात्मक र दृष्टिकोण पश्चात्य साहित्यको रहेको छ । समालोचनाको शुरुका पाँच भागमा साहित्यिक सिद्धान्त, प्रवृत्ति, कलामूल्य र समाज र साहित्यको सन्दर्भ विवेचना गरिएको र पछिल्ला खण्डमा महाकवि देवकोटा, विश्वेश्वर, पारिजात, विकल र पछिल्ल पुस्ताका सर्वज्ञ वाग्ले, बाजुरामसम्मको साहित्य लेखनको गहन समालोचना गरिएको विषयमा प्रकाश पार्नु भयो ।

बरिष्ठ कवि तथा नेपाल सरकारका पूर्व मुख्य सचिव विमल कोइरालाले मैनालीका सिर्जजना र पुुनसिर्जनामा समाजलाई मार्गदर्शन गर्ने ताकत रहेको, प्रज्ञा र अभिव्यञ्जनाको सन्तुलन रहेको छ भन्दै मैनालीका प्रत्येक सिर्जनामा भिन्न स्वाद र बौद्धिकताको गहिराई रहेको उल्लेख गर्नु भयो । प्रमुख अतिथि प्रा डा जयराज आचार्यले गोपी मैनालीको लेखनको बौद्धिक गहिराइबाट आफू पनि परिचित र प्रभाति भएको र उनको सिद्धिचरणका विषयमा लेखिएको कृति र आज लोकार्पित कृतिले आफूलाई पनि समालोचना गर्ने प्रेरणा दिएको छ, आफूपनि छिट्टै समालोचना कृति लेख्ने बताउनुु भयो ।

कार्यक्रममा बरिष्ठ सामलोचक एवम् आख्यानकार युवराज मैनालीले गोपी मैनालीको बौद्धिक साधना र सिर्जना कर्म निकै उच्च रहेको, गुरुप्रसाद मैनालीपछि मैनालीहरुमा अर्को स्थापित सर्जक रहेको, उनीबाट नेपाली साहित्यले धेरै आशा गर्नसक्ने कुरा बताउनु भयो । त्यस्तै साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले मैनालीको समालोचनाले समालोचना कस्तो हुनुपर्छ भन्ने दृष्टान्त दिदै समालोचनालाई प्राध्यापकीय क्षेत्रभन्दा फराकिलो संक्षेत्र दिएको उल्लेख गर्नुभयो ।

समालोचक गोपी मैनालीले आफ्नो समलोचनामाथि विस्तृत प्रकाश पार्दै भन्नुभयो, सङ्ग्रहमा रहेका समालोचनाको सबैको पछि खास कारण र पृष्ठभूमि छ । अगिल्ला पाँच समालोचनामा साहित्य र समाजलाई हेरेको छु । साहित्य किन लेखिन्छ, अभिव्यञ्जना किन गरिन्छ ? जस्ता पक्षहरु र त्यतिखेरको साहित्य प्रवृत्ति लेख्न प्रयास गरेको छुु । साहित्यिक आन्दोलन र त्यसपछिको पृष्ठभूमि, अरु मुलुकका यस्तै आन्दोलनहरु, युवा जगतमा रहेका निराशा र कुण्ठा र त्यसले कला÷साहित्यमा पाएको प्रयोग, जस्तो उदास आइतवार, ग्रिन्सवर्गहरु, विटल्स, रोमान्टिसिज्म, डार्क रोमान्टीसिज्म, इमाइल जोलाहरुले चलाएको प्रकृतिवादी आन्दोलन, गोर्की, शोलोखोव, कोवायासीहरुले चलाएको यथार्थवादी आन्दोलन, विट जेनेरेसनको निरिस्वरतावादी धारा, एलिस हेहरुको फिक्सन टुएक्सन अभियानको छोटो झल्का दिएको छु । महाकवि देवकोटा: अलौकिक पात्र कि असाधारण प्रतिभा ? शीर्षकको समालोचनामा हाम्रो पुस्ता जसले देवकोटालाई देखेन, कतिले उनलाई मिथ सोचको छ, उनका विषयका आफ्ना अवधारणा र कविताका अनुुभूति राखेको छु ।

वीप कोइरालालाई मनभित्रको मान्छे वा मनोदशाका कथा लेख्ने सन्दर्भमा हेरेको छु । चन्द्रवदना, मधेशतिर, स्वेत भैरवी जस्ता प्रतिनिधि कथाको विवेचना गरेको । वीपीको बैचारिक व्यक्तित्व, साहित्यिक व्यक्तित्व र उनको जीवनवादी दृष्टिकोणलाई अलग अलग हेरेको छु । विपी जता पनि जीवन स्व खोज्छन् जस्तो मलाई लाग्छ । कथा समालोचना खण्ड २५ वर्ष अघि गरिमामा प्रकाशित थियो । युुगकविका विषयमा धेरै अनुुभव छ । थोरै कृतित्व र व्यक्तित्वको उठाएको छु ।

निषिद्धावृत्तिकी पारिजात स्थितिले चेपिएर, नियतिले लखेटेर संसार र जीवनप्रति निराश बन्दै गरेकी पारिजातको साहित्य प्रवृत्ति लेखेको छु । राल्फा बन्नुअघिकी पारिजात वा शिरीषको फूल, महत्ताहीन, बैंकको मान्छे, मैले नजन्माएको छोरोकी पारिजातलाई उल्लेख गरेको छु । शिरीषको फूल आफै पारिजात हुन भन्ने मेरो अन्तरवोध छ, त्यही लेखेको छु । राष्ट्रकवि घिमिरे: शिल्प साधना र लालित्यका असाधारण सर्जकमा उनको निधनको दिनमा मैले पढेको घिमिरेलाई अघिल्तिर ल्याएर लेखेको छु ।

हृदयचन्द्रसिंह प्रधान सामाजिक मानक परिवर्तन गर्न लागि परेका साहित्यकार थिए,स्वास्नीमान्छेकी मोतिमायालाई केन्द्रस्थमा राखेर हेरेको छु । गुरुप्रसाद मैनालीले कान्पुर र यस्तै ग्रामिण परिवेशको जीवनशैलीलाई कथामा जीवन्तता दिएर कालजयी बनेको प्रसंग यल्लेख गरेको छु ।
रमेश विकलका कथामा मनोबैज्ञानिकतामा सबैले प्रगतिवादी भन्दै आएका कथाकार विकलले मनभित्रको मानिसको कथा, मनभित्रका उहोपोह र गुम्साइलाई कति सहज रुपमा प्रस्तुत गरेका छन् भन्ने विश्लेषण गरेको छु ।

बहुआयामिक व्यक्तित्व खगेन्द्र लुुइटेलमा उनका सिर्जना, पुनर्सिजना, समालोचना, अन्वेषण र आन्दोलनको आयामको आँखी झ्याल खोल्ने प्रयास गरेको छु ।विद्रोह र विनिर्माणको कलानिधिमा मेरो युुगको जीवन र लेखाइ उस्तै भएको कविको एक कोण उघारेको छु । उनको पहिलो कृति गौरवमय नेपालको भूमिका म सानै हुँदा जे जानेको थिएँ, त्यही लेखेको थिएँ । त्यसैले यो लोखाइमा आफ्नै भावनात्मक सम्बन्ध पनि छ ।
बिजय चालिसेको सर्पदंसित मेरो मन परिपक्व दृष्टिकोण सहितको समाजको छटपटीलाई विवेचनात्मक दृष्टि दिएको छु । निबन्धमा विजयले समाजको आयामिक विश्लेषण गरेका छन् ।

नरेन्द्रराज पौडेलको रोवोटको आँखाबाट रावोटिक्सले संसारलाई ज्ञान, भोक, चेतना, चिन्ता बढाएको समयमा लेखिएको कथा संग्रह । यसले विज्ञानका उपलव्धिलाई मात्र हेरेको छैन, समाज र समाजलाई पनि सकारात्मक न्देश दिन खनेजेको छ ।

मकैका फूलजस्ता बेजोड कविता लेख्ने तीर्थ अधिकारीको कविताहरुको गहरिएर आस्वाद गर्ने प्रयास गरेको छु । मकैको फूल पढ्दा लाग्छ हामी बाँचेको समाज, नियतिले लखेटेको मान्छेका भावनाहरु त्यहा छन् ।

सर्वज्ञ वाग्लेगको पुनर्वास फ्रन्टिएर लिटरेचरको बेजोड प्रस्तुतीको उपन्यास हो । सीमा क्षेत्रका नेपालीका तेहोरो उत्पीडन (प्रशासनको, छिमेकी देशका सीमा रक्षकको र स्थानीय ठालूहरुको) मा रहेको नेपाली जीवन छ । यसमा कास्मिर फाइलमाभन्दा बढी सङ्घर्ष, पीडा, आक्रोस संगालिएको छ । कञ्चनपुरको पुनर्वास, प्यारा ताल, थारु संस्कृति, स्मिा अतिक्रमण र सांस्कृतिक परिवर्तनका शृंखलाहरुलाई चलचित्रको मोन्टाज जस्तै देखिन्छ, सानो संक्षेत्रबाट त्यही हेरेको छु ।

बेजोड साधक श्रीहरि फुुयालको अनिदो आँखालाई मेरो आँखाले हेर्ने प्रयास गरेको छु । उनको आशुको संग्राम महाकाव्यदेखिको प्रसंगलाई, उनको जीवन दृष्टिलाई विवेचना गरेको छु ।

एक्लो नायक साहित्यकार हरि अधिकारीले कृष्णप्रसाद भट्टराईलाई देशको एक्लो नायकका रुपमा प्रस्तुत गरेर इतिहास, साहित्य र संस्मरणको संगम बनाएका छन् । काठमाडौंदेखि सडिनीसम्मको यात्राका साथी त्यो पुस्तक र त्यहाँको आदर्श पात्रलाई भिक्टोरिया पार्कको शेराटन होटलको एक बसाइमा उतारको छु ।

गीति प्रयोजनका गायक यात्री मञ्जुलको गीतमाथिको विश्लेषण हो । पागल वस्तीमा सरुभक्तले अलि वेग्लै प्रयोग गरेका छन् । बस्ती पागल बनेको छैन, आस्था र अहम्मा संघर्षरत मानिस पागल हुँदैन । बरु त्यो काल्पनिक बस्ती प्रेम र घृणको बस्ती हो । त्यसको हलुका विवेचना गरको छु ।

बाजुरामका छोडिएका पाइला स्मृति, भावना, विचार र समाजको मिहीन विश्लेषण छ । त्यसमा हलुका दृष्टि दिएको छु ।अविश्रान्त श्रष्टा वेदमणिमा वेदमणिको साहित्यिक साधना र चिन्तनलाई हेरेको छु । विद्रोह र प्रतीक योजनमा मेरी रजनी मोफसलका कवि गिरिराजको कवित्वको छोटो विवेचना हो ।

भुुइचालोको डरमा अच्युत घिमिरेका लघु कथारुमाथि विवेचना गरेको छु । हामीले केहीअघि भोगेको विपदका स्मृतिहरु कथामा छन् । त्यसैले ती पनि हाम्रै कथा हुन् । लव गाउलेका अनिच्छित आवाजहरु समाजले सुन्न नचाहेको, नचाहेर पनि सुन्न पर्ने तर नसुनिएका कुराहरुमाथि रौचिरा विवेचना गरेको छु । लव गाउलेले अनिच्छित स्वर बाहिर ल्याएका छन् । उनको स्वर दमित यौनइच्छामा केन्द्रित छ ।

हरारीको चिन्ता, चिन्तन र चुनौतीमा लेखकले आखिर चिन्ता गर्ने, चिन्तन गर्ने र चुनौती सामना गर्ने दृष्टि दिने कर्म गर्छ भन्ने कोणबाट उनको ट्वान्टी वान लेसन फर टेवन्टी फ्रस्र्ट सेन्चुरीको विश्लेषण गरेको । यो यस शताव्दीमा ज्ञानको भोक जगाउने कृति हो भन्ने लाग्छ । त्यो सािहत्य, विज्ञान, आगामी दृश्यविम्व र इतिहासको साझा कृति हो भन्ने ठम्याएको छु ।

कवि प्रह्लाद पोखरेलको यात्राकाव्यमा उनको नयाँ प्रयोगमा यात्रा र काव्यको संयोजन, भोगाइ र भावनाको सयोजन पाएको छु । हरिभक्त कटुवाल सडकदेखि मनसम्म, अटोग्राफ देखि नारायण गोपालको स्वरकण्ठसम्म उत्तिकै फैलिएको कविको विरह, व्यथा र मानसिक उहापोहलाई उनका अक्षरहरुले कसरी उठाएको छ, हेरेको छु ।

‘अभिव्यञ्जना यात्राप्रति’ प्रकाशन गर्ने निधो झण्डै चार दशक अगि गरेको थिएँ । अभिव्यञ्जनाको आफ्नो उद्देश्य आफै हो, उसको कुनै अलग स्वतन्त्र उद्देश्य हुँदैन भन्ने अभिव्यञ्जनवादी दृष्टिकोण रहेपनि सर्जकले अभिव्यञ्जनासाथ अरु थुपैं्र कुरा दिएको हुन्छ, जसलाई कला, मूल्य, प्रभाव, सामाजिक उपादेयताका आधारमा प्रवृत्तिले सिर्जना माथि पुनसिर्जना हुनपुुग्छ । ‘अभिव्यञ्जना यात्राप्रति’ तिनै सर्जकहरुका सिर्जनामा केन्द्रित छन्, जसका अभिव्यञ्जनाले ममा खास प्रभाव पा¥यो । कैयन सर्जकका विशिष्ट सिर्जनाहरु यस यात्रामा छुटेका छन् । समयक्रममा तिनलाई पनि समेट्ने छु ।

समालोचना सिर्जनामाथि पुनसिर्जना हो । सिर्जनाको रौचिरा विवेचनाका साथ मूल्य, कला सिद्धान्त, विधागत मान्यता र प्रयोग प्रवृत्तिको गहन अध्ययनले मात्र पुनसिर्जना गर्न सकिन्छ । आलोचनात्मक चेत, मूल्य विवेचना सामथ्र्य, र न्यायिक मन समालोचकीय धर्म पूरा गर्न चाहिने आधारशर्त हुन् । त्यसैले समालोचना पाठक प्रतिक्रिया वा समीक्षाभन्दा विशिष्ठ हुन्छ । समालोचनाको यो गहनता र विशिष्ठताका कारण अरु विधाभन्दा यो कम लेखिएको छ । स्वाभाविक रुपमा कम पढिने विधा पनि हो ।

सेक्रेट्सको क्रिटो, यूूथाफ्राइन, मेलिट्ससँगको वार्ता, प्लेटो आरिस्टोटलका साहित्यिक मान्यता, पश्चात्य साहित्यको सिद्धान्त, आइ ए रिचर्डस्को साहित्यिक सिद्धान्त, जर्ज लुकासको साहित्यिक सिद्धान्त, मनोविश्लेषणात्मक सिद्धान्त, क्रोचेको अभिव्यञ्जनवाद, राल्फ फाक्सको प्रगतिवाद र केही पूर्वीय प्रयोगहरुका साथै इन्द्रबहादुर राई, अभि सुवेदी, कृष्णचन्द्रसिंह प्रधानहरुलाई समालोचनाको आधार बनाएको छु ।
समालोचना कार्यका सामाजिक–सांस्कृतिक, आभ्यान्तरिक, मनोविश्लेषणात्मक, संरचनागत, कला–सौन्दर्यगत र वैचारिक–दार्शनिक कोण–वृत्तिहरु छन् । ‘अभिव्यञ्जना यात्राप्रति’ मा यी कोणहरु सँग्ला नभै छ्यासमिस रुपमा रहेका छन् । किनकी २०४० देखि २०७९ सम्म लेखिएका समालोचनाहरु यसमा समावेश भएकाले समय क्रम र दृष्टिकोणको प्रभावबाट लेखाइ निरपेक्ष्य छैन । शैली र संरचनामा पनि विविधता छ । कलास्वाद र सांस्कृतिक चेतनाको प्रभाव पनि होला । जे जस्तो रुपमा प्रस्तुत भए पनि अव यो मेरो रहेन, आम पाठक र साहित्यानुरागीको साझा सम्पत्ति हो । सिर्जना रचना गर्भमा मात्र सर्जकको हो, प्रकाशनपछि समाजको हुन्छ । यहाँ तीन पुस्ताका सर्जक र साहित्यानुरागी छौं । मेरा अग्रजहरु हुनुुहुुन्छ, अभिभावकहरु हुनुहुन्छ, मेरो पुस्ता छ र म पछिको होनोहार पुस्ता पनि छ, जुन ज्ञानको अझै भोक तिर्खामा छ । म सबैप्रति श्रद्धाभावले नमन गर्दछु ।

कार्यक्रममा बरिष्ठ साहित्यकार प्रा डा.गार्गी शर्मा, मनकामना दर्शन साहित्य समाजका अध्यक्ष हरिभक्त सिग्देल महेस, व्यूरो ८१ का अध्यक्ष यादव खनाल, जानकी महासचिव शान्तिलक्ष्मी शाक्य, सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम शर्मा, उपाध्यक्ष परसुराम परासरले शुुभकामना दिनु भएको थियो । सभाका सभापति विजय चालिसेले समालोचनाका क्षेत्रमा मैनालीको प्रयोगले छुट्टै बौद्धिक चुनौती दिएको बताउनु भयो । समलोचना सङ्ग्रहमा समालाृचना र कला विवेचनाको सैद्धान्तिक पक्षका साथै महाकवि देवाकोटा, विश्वेश्वर, गुुरुप्रसाद, माधव घिमिरे, रमेश विकल, हृदयचन्द्रसिंह, पारिजात, खगेन्द्र लुुइटेल, कलानिधि, विजय चालिसे, तीर्थराज अधिकारी, नरेन्द्रराज पौडेल, श्रीहरि फुुँयाल, हरि अधिकारी, सरुभक्त, मञ्जुल, गिरिराज आचार्य, बाजुराम, सर्वज्ञ वाग्ले, प्रहलाद पोखरेल, वेदमणि, अच्युत घिमिरे, लव गाउँले, युुभल नोह हरारी र हरिभक्त कटुवालका कृति र सिर्जना प्रवृत्तिको गहन समालोचना गरिएको छ ।

मैनालीका अवसाद अभिनयी, युुगकवि सिद्धि चरणः कृति र प्रवृत्ति विश्लेषण, आँखाभरि रमिता मनभरि वेदना, अपेक्षा र अनुुभूूति र घाउ आफैलाई दुख्छ कृतिहरु र दर्जनौ पुटकर कथा, कविता, निवन्ध एवम् समालोचना प्रकाशन भएका छन् । मैनालीको रमेश विकल ः समालोचनात्मक अन्वेषण छिट्टै प्रकाशित हुँदैछ ।

कार्यक्रममा नयाँ तथा पूराना पुस्ताका मूर्धन्य साहित्यकार, प्रशासक र साहित्यानुरागीहरुको ठूलो उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू