अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५६ | Colorodo: 08:11

मास्टर सेफ साहले अस्ट्रेलियामा नेपाली खाना प्रवर्धन गर्ने

बिआरटीनेपाल २०७९ फागुन ३ गते ६:२२ मा प्रकाशित

आउँदाे मे ३ देखि ७ तारिखसम्म अस्ट्रेलियाकाे नमस्ते रेस्टुरेन्टमा नेपाली खानाकाे प्रवर्धन कार्यक्रम हुने भएको छ । नेपाली खाना प्रवर्धनका लागि अस्ट्रेलियामा भएको अस्ट्रेलियन प्यासिफिक इनटरनेशनल कलेज र प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी एकेडेमी मैतीदेवीको संयोजकत्वमा खाना प्रवर्धन कार्यक्रम हुने भएको हो । नेपाली खानालाई विश्वभर प्रचारप्रसार गर्दै आउनुभएका मास्टर सेफ सन्तोष साहको आफ्नै मेनुमा अस्ट्रेलियनलाई नेपाली खानाको स्वाद र परिकारहरू पस्किने कार्यक्रम रहेको छ । नेपाली मेनुमा २० प्रकारका खानाको परिकार र नेपाली एला पनि समावेश हुनेछ । खाना प्रवर्धन कार्यक्रममा टिकट मूल्य प्रतिव्यक्ति १८० देखि २०० अस्ट्रेलियन डलर तोकिएको छ ।

सेफ साहले नेपाली खानाकाे प्रवर्धनका लागि अस्ट्रेलियामा कार्यक्रम गर्न लागेको बताउनुभयो । उहाँले नेपाली खानाले पनि विश्वमा न्याय पाउनुपर्छ र पुस्तकमा मात्रै भनेर र सुनेर होइन नेपाली खानाको स्वाद विदेशीले चाख्नै पाउनुपर्छ भनेर नै आफूले अस्ट्रेलियामा नेपाली खानाको प्रवर्धन गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म नेपाली खानाकाे प्रवर्धनका लागि लागेको छु । नेपाली खानाले पनि विश्वमा न्याय पाउनुपर्छ भनेर लागेको छु । लेखेर, भनेरमात्रै नभइ संसारका मानिसले खान पनि पाउनुपर्छ भनेर नै विदेशीलाई नेपाली खाना चखाउन अस्ट्रेलियामा प्रवर्धन गर्न लागेको हो ।’ कार्यक्रममार्फत नेपाली खाना अस्ट्रेलियामा प्रचारप्रसार हुनेमा आशावादी रहेको सेफ साहले बताउनुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू