अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 19:37

अमेरिका–चीन व्यापारमा कीर्तिमान, गएको वर्ष ६ खर्ब ९० अर्ब डलरकाे व्यापार

बिआरटीनेपाल २०७९ माघ २५ गते ६:०९ मा प्रकाशित

अमेरिका र चीनबीचको व्यापार कीर्तिमानीस्तरमा पुगेको छ । पछिल्ला केही वर्षदेखि अमेरिका र चीनबीचको कुटनीतिक सम्बन्धमा तनाव चुलिए पनि दुई देशबीचको व्यापार भने अहिलेसम्मकै धेरै भएको हो ।सन् २०२२ मा अमेरिका र चीनबीच छ खर्ब ९० अर्ब डलरको व्यापार भएको बीबीसी हिन्दीको खबरमा उल्लेख छ । यसअघि अमेरिका र चीनबीच लामो समयदेखि चलेको व्यापार युद्धले विश्वभरको अर्थव्यवस्थामै नकारात्मक असर परेको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिकाले चीनबाट आयातमा धेरै गुणा कर लगाउन थालेपछि दुई देशबीच व्यापार युद्ध चलेको थियो । तर केही समयअघि वाशिङटनमा प्रतिष्ठित व्यापारीहरूको सहभागितामा दुवै देशका अधिकारीहरूबीच व्यापार युद्ध कम गर्ने सम्झौता भएको थियो । फेरि पछिल्ला केही दिनमा अमेरिकामा देखिएको चिनियाँ बेलुनलाई लिएर दुई देशबीचको तनाव फेरि गहिरिएको छ । अमेरिकाले यसलाई जासुस बेलुन भनेको छ भने चीनले मानवरहित मौसमबारे खबर जुटाउने बेलुन भएको जिकिर गरेको छ ।

तर दुई देशबीच दक्षिण चीन सागरमा चीनले कृत्रिम द्वीप बनाएकाे र त्यहाँ आफ्नाे सेनाकाे उपस्थिति बढाउने सहित ताइवान जस्ता मुद्दालाई लिएर पहिलेदेखि नै तनाव छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू