अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५५ | Colorodo: 17:10

राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा

बिआरटीनेपाल २०७९ माघ २५ गते ५:५५ मा प्रकाशित

आगामी बिहीबार सुरु हुने राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा भएको छ । गोदावारी नगरपालिकाद्वारा आयोजित कृष्णप्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले सञ्चालन गर्ने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन टोलीहरु बुधबारसम्म काठमाडौं आइपुग्ने छन् । प्रतियोगितामा सहभागी हुने १० टोलीका खेलाडीको तौल जिल्ला प्रमुख डोजो ललितपुर लगनखेलमा लिइने छ । २६ गतेदेखि २८ गतेसम्म चल्ने प्रतियोगिताको पहिलो दिन ४ स्वर्ण पदकको छिनोफानो हुने छ ।

२७ गते ७ र २८ गते ६ स्वर्ण पदक गरी १७ वटा तौल समूहको छिनोफानो हुने छ । प्रतियोगिताका उत्कृष्ट महिला र पुरुष खेलाडीलाई नगद पुरस्कारले सम्मान गरिने छ । प्रतियोगिताको च्याम्पियन टोलीले उपाधिसहित १ लाख र दोस्रो हुनेले ५० हजार रुपैयाँ पाउने छन् । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली गरि १० टोली सहभागी हुने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू