अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१७ | Colorodo: 02:32

तराईमा हुस्सु-कुहिरो र हिमाली भू-भागमा हिमपात हुने

बिआरटीनेपाल २०७९ माघ २५ गते ५:४३ मा प्रकाशित

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।बुधबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, तराईका केही भू(भागमा हुस्सु र कुहिरो लागेको छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भएको छ। त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश-१, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बुधबार राति भने प्रदेश- १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेभएको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश-१ का उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू