अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२८ | Colorodo: 03:43

म्यानचेस्टर सिटीले वित्तिय नियम मिचेको ठहर

बिआरटीनेपाल २०७९ माघ २४ गते ६:३८ मा प्रकाशित

इंग्लिस प्रिमियर क्लब म्यान्चेस्टर सिटीले सयभन्दा बढी वित्तिय नियम मिचेको ठहर प्रिमियर लिगले गरेको छ ।प्रिमियर लिगको एउटा छानबिन समितिले सन् २०१८ देखि चार वर्ष लगाएर गरेको छानबिनले सिटीलाई सयभन्दा बढी वित्तिय नियम पालनामा दोषी ठहर गरेको हो ।

क्लबलाई दोषी ठहर गरिएपनि कुनै खास कारबाहीको लागि भने सिफारिस गरिएको छैन ।प्रिमियर लिगका क्लबहरुले वित्तिय नियम उल्लंघन गरेको कसुरमा आर्थिक जरिवाना गराउनेदेखि, लिग तालिकामा अंक घटाउने वा प्रिमियर डिभिजनबाटै घटुवा गर्नसक्नेसम्मको कारबाही हुनसक्छ ।

सिटीले सन् २००९ देखि २०१८ को बीचमा खेलाडी किनबेच र अन्य आर्थिक कारोबार गर्दा वित्तिय नियमहरु मिचेको प्रिमियर लिगको ठहर छ । सन् २००८ मा युएईको अबु धाबी युनाइटेड ग्रुपले क्लबको स्वामित्व खरिद गरेयता सिटीले अरबौ डलर खर्च गरेको थियो । त्यसपछि विश्व फुटबलमा क्लबहरुले गर्ने खर्चको सिमा र मापदण्ड कसिलो बनाउँदै ‘फाइनान्सियल फेयर प्ले’ को नियम लगाईएको थियो ।

प्रतिक्रिया