अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३८ | Colorodo: 19:53

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

बिआरटीनेपाल २०७९ माघ २४ गते ६:१५ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भेटवार्ता भएको हो। भेटवार्तामा राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिकलगायतका विषयमा छलफल भएको सचिवालयले जनाएको छ।

निर्वाचन आयोगले राष्ट्रपतिको चुनावको मिति तोकिसकेको छ। आयोगका अनुसार राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ। एमालेले राष्ट्रपतिमा दावी गर्दै आइरहेको छ भने प्रधानमन्त्री प्रचण्ड एमालेलाई राष्ट्रपति दिने मनसायमा रहनुुभएको छैन । उहाँले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आउनुुभएको छ । यता, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसपनि राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू