अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३२ | Colorodo: 16:47

रविको अभिव्यक्तिप्रति स्वतन्त्र पार्टीभित्रै विरोध

बिआरटीनेपाल २०७९ माघ २३ गते ७:१६ मा प्रकाशित

सभापति रवि लामिछानेले सार्वजनिक रुपमा दिएको गालीगलौजपूर्ण अभिव्यक्तिप्रति पार्टीभित्र असन्तुष्टि देखिएको छ। आइतबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि लामिछानेले पत्रकार सम्मेलनमार्फत मिडिया एवं पत्रकारहरुप्रति गरेको टिप्पणीबारे राष्ट्रिय स्वतन्त्र पार्टीभित्र विरोध देखिएको हो। आफूले गृह तथा उपप्रधानमन्त्रीमा निरन्तरता नपाएपछि सरकारबाट बाहिरिने निर्णय गराए लगत्तै उहाँले मिडियाबारे आक्षेपपूर्ण अभिव्यक्ति दिनुुभएका े थियो । स्वतन्त्र पार्टीका एक केन्द्रीय सदस्यले भनेका छन्, ‘उहाँले जे जति बोल्नु भयो त्यो ठीक गर्नुभएन।’

‘पार्टी निर्णयबाट जानकारी गराउँछु भन्नुभएको थियो। तर उहाँले पार्टीको भन्दा व्यक्तिगत कुरा बढी गर्नुभयो। विवादित अभिव्यक्ति दिनुभएको छ। यसबारे पार्टीमा कुरा होला,’ ती केन्द्रीय सदस्यले भनेका छन् । पार्टी कार्यालय बसुन्धरामा पछाडि पार्टीको ब्यानर राखेर लामिछानेले नागरिकताबारे सर्वोच्चले गरेको आदेश, त्यसका कारण सांसद र मन्त्री पद गुमाउनु पर्दाको आक्रोश मिडियामाथि पोख्नुुभएको थियो ।

करिब डेढ घण्टा लामो सम्बोधनमा लामिछानेले आफ्नो सार्वजनिक हैसियत नै बिर्सिएर स्थापित मिडिया, पत्रकार र सञ्चालकमाथि विभिन्न किसिमका आरोप लगाउनुुभएको थियो । पार्टी ब्यानर राखेर लामिछानेले पोखेको व्यक्तिगत आक्रोशलाई स्वतन्त्र पार्टीकै धारणा हो कि होइन भन्ने प्रश्न उठेका बेला पार्टीभित्रबाटै असन्तुष्टि व्यक्त हुन थालेको हो। केन्द्रीय सदस्य र सांसदहरुलाई बैठक कक्षमा मोबाइल समेत लान नदिएका सभापति लामिछानेले पत्रकार सम्मेलनमा भने तल्लोस्तरमा झरेर बोल्नुुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू