अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५३ | Colorodo: 17:08

महिला भलिवलः न्यु डायमण्ड अपराजित रहँदै फाइनलमा

बिआरटीनेपाल २०७९ माघ २३ गते ७:१४ मा प्रकाशित

राजधानीमा जारी छैठौं संस्करणको महिला राष्ट्रिय भलिबल प्रतियोगितामा न्यु डायमण्डले अपराजित यात्रालाई कायम राखेको छ ।यसअघि नै फाइनल पुगिसकेको न्यु डायमण्डले आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा विभागीय टोली एपिएफलाई पराजित गर्यो ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको लिग चरणको अन्तिम खेलमा न्यु डायमण्डले विभागीय टोली एपिएफलाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा स्थान बनाएको हो ।

दुवै टोलीले सोमबार भएको प्रतिष्पर्धामा मुख्य खेलाडीलाई विश्राम दिएका थिए । दोस्रो रोजाई खेलाडीबीचको प्रतिष्पर्धामा एपिएफ न्यु डायमण्डसँग ३–१ को सेटमा पराजित भएको हो । सबै खेल जितेको न्यु डायमण्ड तालिकाको शीर्ष स्थानमा रहँदा फाइनल यात्रा तय गरिसकेको एपिएफको ६ अंक भयो । फाइनल समिकरणबाट बाहिरिएका पुलिस र आर्मीबीच आज नै भएको लिग चरणको अन्तिम खेलमा पुलिसले आर्मीलाई पनि ३–१ को सेटमा हरायो । अब यी दुई टोलीबीच मंगलबार तेस्रो स्थानको छिनोफानोका लागि प्रतिष्पर्धा हुने छ भने उपाधिका लागि न्यु डायमण्ड र एपीएफ क्लबबीच मंगलबार नै प्रतिष्पर्धा गर्ने छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू