अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२५
| Colorodo: 06:40
राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नभइ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै भएको बताउनुभएको छ ।प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।उहाँले ओलीका सबै भनाइहरु सुन्दा आफूले उहाँ नै प्रधानमन्त्री रहेको निस्कर्ष निकालेको बताउनुभयो । उहाँले प्रधानमन्त्री दाहाललाई कांग्रेसले पुस २६ गते विश्वासको मत दिएसँगै ओली आतंकित भएको बताउनुभयो ।
उहाँले अध्यक्ष ओलीका कुराहरु गणतन्त्र र २०६२÷०६३ को आन्दोलनका उपलब्धिका लागि हानीकारक रहेको बताउनुभयो । उहाँले पूर्व प्रधानमन्त्री र पूर्व सभामुखहरुलाई पनि बोल्ने समय तोक्नुपर्ने बताउनुभयो । सांसद केसीले एमाले अध्यक्ष ओलीले आप्रवासी नेपालीको समस्याका बारेमा आज आएर गोहीको आँशु बगाएको भन्दै व्यंग्य गर्नुभयो ।