अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४४ | Colorodo: 06:59

छैटौं राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यु डायमण्डको विजयी सुरुआत

बिआरटीनेपाल २०७९ माघ २१ गते ६:१५ मा प्रकाशित

न्यु डायमण्ड स्पोर्ट्स क्लबले छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै न्यु डायमण्डले सुखद सुरुआत गरेको हो ।

जित निकाल्ने क्रममा न्यु डायमण्डले आर्मीलाई २५–२०,२५–१४ र २५–१० ले हरायो । जितसँगै न्यु डायमण्डले पहिलो खेलबाट ३ अंक जोडेको छ । आर्मीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा साविक विजेता एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ४ टोलीको सहभागिता रहेको छ ।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधिका लागि खेल्नेछ । प्रतियोगिताका विजेता टोलीले नगद तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू