अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४३ | Colorodo: 13:58

कतारमा नेपालीले जिते ८२ करोड रुयैया बढीको चिट्ठा

बिआरटीनेपाल २०७९ माघ २१ गते ६:०८ मा प्रकाशित

एक नेपालीले कतारमा ८२ करोड रुपैयाँ भन्दा बढीको चिट्ठा जितेका छन् । गल्फ न्यूजका अनुसार बिग टिकट अबु धावी ड्रबाट २.३ करोड दिराम बराबरको चिट्ठा हात पारेका हुन् । अबुधावी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै खुला कार्यक्रमबीच शुक्रबार विजेता घोषणा कार्यक्रमको आयोजना गरिएको थियो ।

रञ्जितकुमार पालले गत जनवरी १६ मा २३२९३६ नम्बरको लट्री टिकट खरिद गरेका थिए । बिग टिकटका ग्राहकहरूलाई साप्ताहिक ड्रमा समेत सहभागी हुन्छन् जसमा उनीहरुले २४ क्यारेटको एक केजी सुन पनि जित्न सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू