अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१६ | Colorodo: 22:31

फागुन १९ गतेबाट शहिद स्मारक ए डिभिजन लिग हुने

बिआरटीनेपाल २०७९ माघ २० गते ६:४४ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आगामी फागुन १९ बाट शहिद स्मारक ए डिभिजन लिग आयोजना हुने भएको छ ।एन्फाले लिग सम्बन्धी सबै तयारीहरु अगाडि बढाइसकेको प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो । उहाँका अनुसार खेल डबल राउन्ड रोबिनको आधारमा हुने छ भने दशरथ रंगशाला, च्यासल खेल मैदान र एन्फा कम्प्लेक्सस्थित खेल मैदानमा लिगका १८२ खेलहरु सञ्चालन गरिने छ ।

सबै खेल मैदानको तयारी पनि एन्फाले तदारुकताका साथ अघि बढाएको एन्फाले जनाएको छ । एन्फाले पाँचौ चरणसम्मको खेल तालिका सार्वजानिक गरिसकेको छ र बाँकी खेल तालिका पाँचौ चरण सकिएपछि सार्वजानिक गरिने छ ।लिगको मार्केटिङ, बोर्डकास्टिङ र टिकेटिङको टेण्डर आह्वान गरिसकिएको र सो टेन्डरहरु यहि माघ २३ गते खुला गरिने छ । लिगका लागि सहभागी सबै १४ वटा क्लबले दर्ता गरिसकेका छन् ।

एन्फाले लिगको तयारी खर्च स्वरुप हरेका क्लबहरुलाई प्रमथ किस्ता स्वरुप जनही १५ लाख रुपैयाँ उपलब्ध गराइसकेको छ । क्लबहरुलाई खेलाडी दर्ताको लागि यहि माघ २९ गतेसम्मको मिति तय गरिएको छ । लिंगमा प्रथम हुने टिमले नगद ७५ लाख, द्वितीय हुनेले ५० लाख र तृतीय हुनेले २५ लाख पुरस्कार स्वरुप पाउने छन् ।

लिगमा एक क्लबले फेयर प्ले अर्वाड स्वरुप तीन लाख पुरस्कार उपलब्ध गराइने एन्फाको भनाइ छ । प्रतियोगितको सवोत्कृष्ट खेलाडीलाई तीन लाख पुरस्कार उपलब्ध गराइनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान दुई–दुई लाख पुरस्कार उपलब्ध गराइने छ । लिगको एक उदीयमान खेलाडीलाई इमेजिङ प्लेयर घोषणा गरेर नगद एक लाख पचास हजार दिइने छ । शहिद स्मारक ए डिभिजन लिगको अनुमानित लागत करिब १२ करोड रहेको छ ।

 

प्रतिक्रिया