अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 15:56

अमेरिकी केन्द्रीय बैंकले फेरि बढायो ब्याजदर, १५ वर्षयताकै उच्च

बिआरटीनेपाल २०७९ माघ १९ गते ६:३२ मा प्रकाशित

अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ बैंक)ले लगातार आठौं पटक ब्याजदर बढाउने निर्णय गरेको छ । फेडरल रिजर्भ बैंकका अध्यक्ष जेरोम एच पावेलले यसअघि गरिएको ब्याजदर वृद्धिले मूल्यवृद्धि नियन्त्रणमा सघाउ पुगेको जनाउँदै थप नियन्त्रणको प्रयास गरिएको बताउनुुभयो । सन् २०२३ मा पहिलो पटक बुधबार बसेको फेडरल रिजर्भ बैंकको बैठकले मार्चदेखि लागू हुनेगरी ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाउने निर्णय गरेको हो । मार्चदेखि फेडरल रिजर्भ बैंकले सन्दर्भ ब्याजदर ( पोलिसी रेट) ४.५ देखि ४.७५ प्रतिशत कायम गर्ने भएको छ । सञ्चारमाध्यम सीएनबीसीमा उल्लेख गरिएअनुसार यो ब्याजदर २००७ अक्टोबरयताकै उच्च हो । हाल यो दर ४.२५ देखि ४.५० प्रतिशत छ ।

‘गत तीन महिनामा प्राप्त मुद्रास्फीति डेटाले वृद्धिको मासिक गतिमा कमी देखाउँदछ’ फेड अध्यक्ष जेरोम पावेलले आफ्नो बैठक पछिको पत्रकार सम्मेलनमा भन्नुुभयोे । फेडको उपयुक्त नीतिका कारण नै घटनाक्रमहरू उत्साहजनक हुँदै गएको पावेलले बताउनुुभएको छ । अमेरिकी ब्याजदरले सुनचाँदी, कच्चा तेल तथा अमेरिकामा उत्पादित वस्तुको मूल्यमा समेत असर पार्ने भएकाले समग्र विश्व अर्थतन्त्रमा प्रभाव पर्दछ । सन्दर्भ ब्याजदरले नै अमेरिकामा उपभोक्ताले लिने जुनसुकै ऋण, ओभरड्राफ्टको दर बढाउने छ । जसले गर्दा घर, सवारीसाधन वा व्यापारकि ऋणको लागत महँगिन जानेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू