अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१४ | Colorodo: 10:29

म्यानचेस्टर युनाईटेड काराबाओ कपको फाइनलमा

बिआरटीनेपाल २०७९ माघ १९ गते ६:२५ मा प्रकाशित

नटिङघम फरेष्टलाई हराउँदै म्यानचेस्टर युनाइटेड लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा नटिङघमलाई २–० ले हराउँदै समग्रमा ५–० को जितसहित युनाईटेड फाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा युनाईटेडले ३–० को अग्रता बनाएको थियो ।दोस्रो लेगमा युनाईटेडका लागि एन्थोनी मार्सियल र फ्रेडले एक/एक गोल गरे ।

खेलको ७३ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए । त्यसपछि ७६ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाईटेडलाई २–० को जित दिलाए ।अब युनाईटेडले उपाधिका लागि न्युकासल युनाईटेडसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा साउथह्याम्पटनलाई हराउँदै न्युकासल युनाइटेड फाइनलमा पुगेको हो । काराबाओ कप फुटबलको फाइनल खेल यही फेब्रुअरी २६ तारिखको दिन वेम्बले रंगशालामा हुनेछ ।

 

प्रतिक्रिया