अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२३ | Colorodo: 01:38

वर्तमान राजनीतिक समीकरण अहिल्यै फेरिँदैन- प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०७९ माघ १९ गते ६:१२ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले नै राजनीतिक समीकरण नफेरिने बताउनुुभएको छ । बिहीबार पार्टी स्थायी कमिटी बैठकपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा उहाँले सत्ता समीकरण फेरबदल नहुने बताउनुुभएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने सम्भावनाबारे पत्रकारहरूले सोधेको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले रास्वपाले समर्थन फिर्ता नलिने विश्वास व्यक्त गर्नुुभयो । रास्वपाले समर्थन फिर्ता पनि लिनुहुन्न पक्षमा आफु रहेको प्रधानमन्त्रीको भनाई थियो ।

यसैवीच, सभापति रवि लामिछानेलाई गृहमन्त्री नबनाएपछि सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बसेकोे छ । नागरिकता मुद्दामा सर्वोच्च अदालतले सांसद पद नै खारेज गरिदिएका सभापति लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिनुपर्ने रास्वपाको माग छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू