अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२९ | Colorodo: 05:44

श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घेद्वारा सरकारी खर्च कटौती गर्न निर्देशन

बिआरटीनेपाल २०७९ माघ १८ गते ६:२६ मा प्रकाशित

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले मन्त्रिपरिषद्लाई सरकारी खर्च घटाउन निर्देशन दिनुभएको छ । राष्ट्रपतिको कार्यालयले अहिले सरकारको राजस्व मासिक खर्चभन्दा निक्कै कम रहेको जनाएको छ । राष्ट्रपति विक्रमासिङ्घेले जनरल ट्रेजरीले भुक्तानीकर्ताबाहेक सबै खर्चहरू पूरा गर्न अहिले अत्यन्त चुनौतीपूर्ण रहेको बताउनुभएको छ । योजनाबद्ध राजस्व उठाउन नसकेसम्म सरकारी खर्चमा थप कटौती गर्नुपर्ने देखिएको उहाँको भनाई छ ।

मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्द्धनाले सरकारको जनवरी महिनाको खर्च राजस्वको दोब्बर भएको बताउनुभएको छ । गएको वर्षदेखि श्रीलङ्काले चरम आर्थिक सङ्कटको सामना गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू