अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३५ | Colorodo: 01:50

क्यानद्वारा सन्दीप लामिछाने विरुद्धको प्रतिबन्ध फुकुवा

बिआरटीनेपाल २०७९ माघ १८ गते ६:२३ मा प्रकाशित

नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कारको मुद्दामा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ ।पोखरामा मंगलबार बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।एक नाबालिगलाई बलात्कारको आरोप लागेपछि क्यानले लामिछानेलाई २३ भदौमा निलम्बन गरेको थियो । २० असोजमा पक्राउ गरेका उनलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो । तर उच्च अदालत, पाटनले उनलाई २८ पुसमा २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दियो । २९ पुसमा उनी रिहा भएसँगै क्यानले निलम्बन फुकुवाबारे छलफल थालेको थियो ।

तर, उनलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा मंगलबार निवेदन दिएको छ ।राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेको बेला गैरजिम्मेवार देखिएका लामिछानेमाथि क्रिकेट संघ आफैंले पनि छानबिन र अनुशासनको कारबाही गर्नुपर्ने दबाब बढिरहेको बेला क्यान भने उल्टो बाटोमा हिडेको छ । लामिछानेलाई सिनियर टोलीमा फर्काउन लागि परेको क्यान नेतृत्वको भने चौतर्फी आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू