अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४३ | Colorodo: 03:58

४ दिनपछि शेयर बजार सामान्य बढ्यो, कारोबार रकम भने २ अर्ब रुपैयाँ पनि पुगेन

बिआरटीनेपाल २०७९ माघ १८ गते ६:१२ मा प्रकाशित

लगातार चार दिनसम्म घटेको शेयर बजार आज बुधवार भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ९७ अङ्कले बढेर दुई हजार एक सय १६ दशमलव ६६ विन्दुमा पुगेको छ । आज माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । बजार बढे पनि कारोबार रकममा पनि निकै कमी आएको छ ।

दुई सय ६१ वटा कम्पनीका ५० लाख २४ हजार कित्ता शेयर एक अर्ब ७६ करोड ७० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल बैंकको पाँच करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै आदर्श लघुवित्तको शेयर १० प्रतिशत र सिद्धार्थ इन्सुरेन्सको शेयर आठ प्रतिशतले बढेको छ । सगरमाथा इन्सुरेन्स कम्पनीको शेयर भने सबैभन्दा धेरै झन्डै चार प्रतिशतले ओरालो लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू