अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४६ | Colorodo: 10:01

सूचनाको हकले सुशासन कायम हुन्छ- प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०७९ माघ १८ गते ६:०८ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले जति धेरै जनतामा सूचनाको हक प्रत्याभूत गराइन्छ उति नै मुलुकमा सुशासन कायम हुने बताउनुुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार दिउँसो राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उहाँले यस्तो बताउनुुभएको हो । उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले आफू दोस्रो पटक प्रधानमन्त्री भएपछि सूचनाको हकबारे केही महत्त्वपूर्ण योगदान गरेको स्मरण पनि गर्नुुभयो ।

‘शासन प्रणालीमा जनताको नियन्त्रण निगरानी र हस्तक्षेप बढाउने कुरा सूचनाको हकसँग प्रत्यक्ष रुपले जोडिएको छ । जतिधेरै जनता सुसूचित हुन्छन् र पारदर्शिता अपनाइन्छ त्यति नै विकृति र विसंगति रोकथाम गर्न सकिन्छ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुुभयो ।

यस्तै उहाँले जनताको सूचनाको हक स्थापित र प्रवर्द्धन गरेर नै समाजमा अव्यवस्था, अराजकता र अनुशासनहिनता हटाउन सकिने भन्दै त्यसतर्फ गम्भीर र जिम्मेवार हुनुपर्ने पनि बताउनुुभयो । ‘जतिधेरै सूचना सम्प्रेषण गर्ने र सूचनाको हक जनतालाई दिलाउन सक्यो त्यतिधेरै सुशासन कायम हुन्छ र त्यसले एउटा देश विकासको वातावरण बन्छ, ’ प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू