अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०० | Colorodo: 05:15

रविको राहदानीविरुद्ध परेको जाहेरी प्रहरीबाट दर्ता गर्न अस्वीकार

बिआरटीनेपाल २०७९ माघ १७ गते ६:०१ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानीविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ। प्रहरी स्रोतका अनुसार रविको नागरिकता विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआइसकेकाले यो जाहेरी दर्ता नगरिएको हो। खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै युवराज पौडेल (सफल) मंगलबार दिउँसो जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुगेका थिए।

उनले नेपाल नागरिकता ऐन २०६३ को दफा १०(१)अन्तर्गत कायम नरहेको नागरिकता प्रयोग गरेर रविले अमेरिकी नागरिक भएको समयमा नेपाली राहदानी लिई अध्यागमन ऐन, २०४९ को दफा ५ बिपरितको दण्डनीय कार्य गरेको भन्दै अध्यागमन ऐन, २०४९ को दफा १० बमोजिम कारबाहीको माग गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू