अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३४ | Colorodo: 11:49

जसपा र नागरिक उन्मुक्ति पार्टीबीच एकताबारे छलफल

बिआरटीनेपाल २०७९ माघ १७ गते ५:४९ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच पार्टी एकताको विषयमा छलफल सुरु भएको छ ।जसपाको तर्फबाट वार्ता समितिका संयोजक रहनुभएका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच मंगलबार दुई पार्टी एकताको सम्भावनाबारे करिब १ घण्टा छलफल भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

नागरीक उन्मुक्ति पार्टी र जसपाबीच सैद्धान्तिक र राजनीतिक मुद्दामा धेरै असहमति नरहेकाले पार्टी एकतासंग सहज हुने जसपाका नेताहरुको विश्वास छ । यता, पार्टी एकताको सम्बन्धमा जसपा र नेकपा एकीकृत समाजवादीबीच पनि छलफल चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू