अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५६ | Colorodo: 07:11

अमेरिकाद्वारा युक्रेनलाई लडाकु विमान दिन अस्वीकार

बिआरटीनेपाल २०७९ माघ १७ गते ५:३८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई एफ–१६ लडाकु विमान दिन अस्वीकार गर्नुभएको छ । सोमबार एक पत्रकारले अमेरिकाले युक्रेनलाई एफ–१६ विमान दिन लागेको हो भनेर प्रश्न गर्दा राष्ट्रपति बाइडेनले अस्वीकार गर्नुभएको हो ।

बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई सबै सहयोग दिने घोषणा गरे पनि आफ्ना एफ–१६ लडाकु विमान दिन अस्वीकार गरेको जनाएको छ । एक दिनअघि मात्र जर्मनीले युक्रेनमा लडाकु विमान पठाउन अस्वीकार गरेको थियो । रुससँग जारी युद्धमा युक्रेनले आफ्नो हवाई क्षेत्र प्राप्त गर्न लडाकु विमान आवश्यक रहेको यसअघि नै बताइसकेको छ । एफ–१६ संसारका सबैभन्दा भरपर्दो लडाकु विमानमध्ये एक मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू