अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२५ | Colorodo: 02:40

लेखापरीक्षण नसकी बाेनस र लाभांश वितरण अघि नबढाउन बीमा संस्थान र बीमा कम्पनीलाई निर्देशन

बिआरटीनेपाल २०७९ माघ १६ गते ६:५५ मा प्रकाशित

अर्थ मन्त्रालयले तीन महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ ।अर्थ मन्त्रालयमा आज साेमवार बसेको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले लेखापरीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै आजकाे मितिदेखि सुरु भइ २०८० वैशाख १६ गतेसम्म लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।

राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/०७४ देखि लेखापरीक्षण हुन बाँकी छ । अर्थ मन्त्री पौडेलले लेखापरीक्षण सम्पन्न नहुँदासम्म बोनस र लाभांश वितरणलाई अघि नबढाउन पनि निर्देशन दिनुभएको छ ।

बैठकमा अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरे, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेखर बराल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू