अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०४ | Colorodo: 08:19

नेताहरूकाे कार्य विभाजनमा कुरा नमिल्दा माओवादी स्थायी समिति बैठक सर्‍याे

बिआरटीनेपाल २०७९ माघ १६ गते ६:३९ मा प्रकाशित

सत्तारूढ नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सरेकाे छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमवार बोलाइएको पदाधिकारी बैठकमा नेताहरूको कार्य विभाजनको विषयमा कुरा नमिलेपछि माघ १७ गतेका लागि सारिएको स्थायी समिति बैठक माघ १८ गतेका लागि बोलाउने निर्णय गरिएको हो ।पार्टीको सङ्गठनसम्बन्धी गृहकार्य नसकिएकाले भोलि मङ्गलवार पनि पदाधिकारी बैठक बसेर आवश्यक निर्णय गरी स्थायी समिति बैठक पर्सि बुधावारका लागि सार्ने निर्णय गरिएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) को जारी स्थायी समिति बैठकमा नेताहरूको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बननेकाे थियो । त्यसमा सहमति जुटाउन आज पदाधिकारी बैठक बोलाइएको थियो । पदाधिकारी बैठकले त्यस विषयमा टुङ्गो लगाउन नसक्ने भएपछि मङ्गलवार बोलाइएको स्थायी समिति बैठक बुधवारसम्मका लागि स्थगित गरेको हो । बैठकमा गृह मन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल नभएको उपाध्यक्ष महराले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू