अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५२ | Colorodo: 15:07

नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुमधुर बनाउनेछौँः अमेरिकी उपविदेशमन्त्री न्युल्याण्ड

बिआरटीनेपाल २०७९ माघ १६ गते ६:०६ मा प्रकाशित

दुई दिने नेपाल भ्रमणमा रहनुभएकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि बढाउने बताउनुभएको छ । सोमवार ललितपुरमा पत्रकार सम्मेलन गरी उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको आर्थिक विकासमा अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) परियोजनामार्फत सहयोग गरिरहेको पनि बताउनु भयो ।

उहाँले अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा, साईबर क्राइमका क्षेत्रमा भइरहको अपराधलाई रोक्न नयाँ टेक्नोलोजीमा सहयोग गर्ने विषयमा आगामी दिनमा झनै सशक्त बनाउँदै जाने प्रतिवद्धता जनाउनु भयो । उहाँले नेपाललाई अमेरिकाले बहुपक्षीय सहयोग गरिरहेको भन्दै आगामी दिनमा पनि आपसी हीतका विषयमा निरन्तरता दिने प्रतिवद्धता जनाउनु भयो । उहाँले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, लोकतन्त्रको विकास तथा सुशासनमा पु¥याउँदै आएको सहयोगलाई अझै सुदृढ बनाउँदै जाने बताउनु भयो ।

उपविदेशमन्त्री न्युल्याण्डले नेपालको नयाँ सरकारले अमेरिका र नेपालबीचको सम्बन्धलाई झनै सुमधुर बनाएर लैजानेमा आशावादी रहेको बताउनु भयो । सो अवसरमा उपविदेशमन्त्री न्युल्याण्डले पाटन दरबार स्क्वायरको समेत अवलोकन गर्नुभएको थियो । आज नै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको थियो । नयाँ सरकार बनेपछि अमेरिकी सरकारको तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू