अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२० | Colorodo: 00:35

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

बिआरटीनेपाल २०७९ माघ १५ गते ६:०८ मा प्रकाशित

साताको पहिलो दिन आज आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार २ सय रूपैयाँले बढेर एक लाख ६ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ५ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य भने आइतबार १५ रूपैयाँले घटेर १ हजार ३६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू